१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर ११ बिहीबार ०९:३९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

बाँकेका आइसोलेसनमा मृतकको संख्या ८१ पुग्यो

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ११ बिहीबार ०९:३९:००

बाँकेका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररतमध्ये ८१ जना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ४४ जना बाहिरी जिल्लाका र ३७ जना बाँकेका हुन् ।जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका नौ महिला र १५ पुरुष गरी २४ जनाको मृत्यु भएको छ । त्यसैगरी, कोहलपुरका–७ खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक–एकजनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका अहिलेसम्म अछुतो छ । 

बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये सबैभन्दा धेरै दाङबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु भएको श्रेष्ठले दिएको तथ्यांकमा उल्लेख छ । उनले दाङका तीन महिला र १५ पुरुष गरी १८, बर्दियाका आठ, कैलाली र कञ्चनपुरका चार–चार, सुर्खेतका तीन, दैलेखका दुई, अर्घाखाँची, पश्चिम रुकुम, अछाम र रोल्पाका एक–एकजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको जानकारी दिए । 

भेरी अस्पतालमा १७, शिक्षण अस्पतालमा २६ र वेस्टर्न अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको पनि उनले बताए । बाँकेमा एकजनाको क्वारेन्टिनमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको छ । भेरी अस्पताल आइसोलेसनमा उपचाररत १९ र शिक्षण अस्पताल आइसोलेसनमा उपचाररत बाँकेका १६ जनाको मृत्यु भएको छ ।

आइसोलेसनमा रहेका ४२ जनाको अवस्था चिन्ताजनक
बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेसनमा रहेका ४२ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक छ । भेरी अस्पतालको आइसोलेसनमा रहेका ७२ मध्ये ३२ जनाको अवस्था गम्भीर रहेको श्रेष्ठले जानकारी दिए । शिक्षण अस्पताल कोहलपुर आइसोलेसनमा २७ पुरुष र १२ महिला ३९ जना भर्ना छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर र २४ को अवस्था मध्यम रहेको उनले बताए । श्वासप्रश्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई मात्र आइसोलेसनमा राख्ने गरिएको छ । 

होम आइसोलेसनमा एक सय २९ जना
बाँकेमा एक सय २९ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेको श्रेष्ठले बताए । उनले नेपालगन्जका ५३, कोहलपुरका ४५, खजुराका तीन, बैजनाथका आठ, जानकीका १० र राप्तीसोनारीका १० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिए । बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाको होम आइसोलेसनमा कोही नभएको उनको भनाइ छ । ‘बाँकेमा पुरुष ७८ र महिला ५१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्,’ फोकलपर्सन श्रेष्ठले भने ।