१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २१:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

७८ लाख घुसकाण्डका न्यौपाने ठगी मुद्दामा पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:२५:oo

सामुदायिक कलेजमा करोडौँ अनियमितता गरेको आरोपमा भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरप्रसाद न्यौपाने पक्राउ परेका छन् । कलेजले दिएको ठगी उजुरीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बुधबार चण्डोलस्थित घरछेउबाट पक्राउ गरेको हो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरणमा उनीविरुद्ध यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । कलेजको भएको विवाद आफूअनुकूल निर्णय गरिदिने उनले घुस बुझाएको पुष्टि भएपछि पाठकसहित उनलाई आयोगले मुद्दा दायर गरेको थियो । विशेष अदालतमा ७८ लाख रुपैयाँ बुझाएर छुटेका थिए । 

कलेजले नै दिएको ठगीको जाहेरीका आधारमा उनी पक्राउ परेको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए । कलेजको आठ करोड २१ लख ५३ हजार ६ सय ५० रुपैयाँ ठगी गरेको भनेर कलेजका प्रिन्सिपल रामकृष्ण श्रेष्ठले सिआइबीमा जाहेरी दिएका थिए । त्यसमध्ये करिब तीन करोड न्यौपानेले ठगी गरेको कलेजले जनाएको छ । 

न्यौपाने २३ मंसिर ०७० देखि १५ असोज २०७५ सम्म कलेजको सञ्चालक समितिका अध्यक्ष थिए । जसक्रममा उनले कलेजको बजेटबाट किनेको गाडी आफ्नो नाममा पास गर्नेदेखि विनाखर्च सञ्चालक समितिले पैसा निकालेर दुरुपयोग गरेको थियो । न्यौपानेले सचिवालय खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ निकालेर दुरुपयोग गरेका थिए । त्यस्तै २० फागुन ०७३ मा बसेको सञ्चालक समितको बैठकले एक करोड ५० लाख रुपैयाँ कुनै बिल नै पेस नगरी सञ्चालकहरूलाई दिने निर्णय गरेको थियो । काल्पनिक शीर्षकमा उनले पटकपटक रकम निकालेर दुरुपयोग गरेको कलेजको दाबी छ । 

सामुदायिक कलेजको जग्गालाई चलखेलका आधारमा बिक्री गर्ने प्रयास गरेपछि विवाद बढेको थियो । सोही विवाद अख्तियारमा पुगेपछि न्यौपानेको समूहले आयोगलाई आफ्नो पक्षमा पार्न घुस दिएका थिए । तर, काम नभएपछि घुसकाण्ड बाहिर आएको थियो । 

कलेजले गत २४ कात्तिकमा सिआइबीमा जाहेरी दिएको थियो । न्यौपानेसहित त्यतिखेरका सञ्चालकहरू ललितपुरका रामकृष्ण उपाध्याय, काठमाडौं विशालनगरका उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका लवराज भट्टराई छन् । त्यस्तै, दुई साताअघि निधन भएका नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीसमेत त्यतिवेला सञ्चालक रहेकाले उनीविरुद्धसमेत जाहेरी परेको थियो । 

अनियमितता प्रकरणपछि कलेजको सञ्चालक समितिबाट उनीहरूलाई हटाइएको थियो । हाल सो कलेजमा चाँगुनारायणका मेयर सोम मिश्र अध्यक्ष छन् । सिडिओ कार्यालय तथा स्थानीय वडा तथा शिक्षक तथा पोखरा विश्वविद्यालयका प्रतिनिधिहरूको सञ्चालक समितिले कलेज सञ्चालन गरिरहेको छ । त्यतिवेलाका सञ्चालकहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानबिन अन्तिम चरणमा पुऱ्याएको छ । 

न्यौपानेको नेतृत्वमा कलेज सञ्चालन हुँदा २३ करोड १० लाख रुपैयाँ बेरुजु आएको थियो । त्यो बेरुजु उनीहरूबाट असुल गर्नसमेत जाहेरीमा माग गरिएको छ । 
 

ad
ad