
नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २८ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबारसम्म मृतकको संख्या १३ सय ८९ पुगेको छ।
नेपालमा याे अवधिमा थप एक हजार नौ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ।
अहिलेसम्म निको हुनेको संख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ छ।