मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ९ मंगलबार
  • Thursday, 19 December, 2024
२o७७ मङ्सिर ९ मंगलबार २o:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा तीन महिला उद्यमी सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ९ मंगलबार २o:१o:oo

छैटौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा लमजुङमा  तीनजना महिला उद्यमीलाई सम्मान गरिएको  छ ।  घरेलु तथा साना उद्योग  कार्यालय  लमजुङले जिल्लाका सफल तीन महिला उद्यमीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा बेसीसहर नगरपालिका– ८ शेराकाे सिलवाल हस्तकला ट्रेनिङ सेन्टरकी पुन्यकुमारी सिलवाल, बेसीसहर नगरपालिका– २ मा रहेको रोज नर्सरीका सञ्चालक  मर्स्याङ्दी गाउँपालिका– २ की हुमा गुरुङ  र मध्यनेपाल नगरपालिकामा रहेको रिभर साइड ह्यान्डिक्राफ्ट उद्योग तथा सिलाइबुनाइ तालिम केन्द्रकी अनिता गुरुङ  सम्मानित  भएका  हुन्  । 

उनीहरूलाई जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे र प्रमुख जिल्ला अधिकारी  कृष्णप्रसाद शर्माले दोसल्लासहित प्रमाणपत्रले सम्मान गरेका थिए ।  दिवसको अवसरमा कार्यक्रममा कार्यालय प्रमुख टोपलाल भुसालले जिल्लामा  हालसम्म तीन हजार नाै सय ३८ उद्योग  दर्ता भएको र चार सय १३ उद्योग खारेज भएको बताए । 

उनका अनुसार जिल्लामा  आ.व. ०७१/०७२ देखि हालसम्म सात हजार चार सय ७९ जनाले रोजगार पाएका छन् ।