१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ मङ्सिर ६ शनिबार १२:४२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालगन्ज म्याराथनको उपाधि एपिएफ क्लबलाई 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ६ शनिबार १२:४२:००

नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेको छ । 

नेपालगन्जमा शनिबार बिहान सम्पन्न प्रतियोगिताअन्तर्गत फुल म्याराथनमा एपिएफका गोपीचन्द्र पार्कीले दुई घन्टा १८ मिनेट ५९ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटर दूरी पार गरी उपाधि हात पारेका हुन् । 

सोही प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेतले दुई घन्टा २० मिनेट ४९ सेकेन्डमा दूरी पार गरी दोस्रो र त्रिभुवन आर्मी क्लबकै खगेन्द्र भट्टले दुई मिनेट २७ सकेन्डमा दूरी पार गरी तेस्रो भएको आयोजक क्रियटिभ ह्याण्ड्सका टिमलिडर टिएस ठकुरीले जानकारी दिए । 

आर्मीका नवराज साउदले दुई घन्टा २१ मिनेटमा र आर्मीकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ४६ मिनेटमा निर्धारित दूरी पार गरी चौथो र पाँचौँ भए । 

हाफ महिला म्याराथनअन्तर्गत शनिबार भएको प्रतियोगितामा एपिएफकी पुष्पा भण्डारीले उपाधि हात पारिन् । उनले १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा निर्धारित २१ किलोमिटर दूरी पार गरिन् भने कर्णाली प्रदेशकी मञ्जु रावतले एक घन्टा ३० मिनेट ७ सेकेन्डमा निर्धारित दूरी पार गर्दा लुम्बिनी प्रदेशकी शर्मिला घर्तीले एक घन्टा ३८ मिनेट १४ सेकेन्डमा दूरी पार गरी दोस्रो र तेस्रो भए । 

हाफ म्याराथनमा सुदूरपश्चिम प्रदेशकी सकुन्तला ठगुन्ना चौथो, लुम्बिनी प्रदेशकी अनिसा चौधरी पाँचौँ र लुम्बिनी प्रदेशकै कल्पना चौधरी छैटौँ भएको प्रतियोगिताका संयोजक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।