कोरोना संक्रमणबाट थप २२ जनाको निधन

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप २२ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत शुक्रबारसम्म निधन हुनेको संख्या १२ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शुक्रबार एक हजार नौ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप पाँच हजार तीन सय ६४ जना कोरोना संक्रमित निको भएका छन्। 

सुझावित समाचार