१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रामकुमार श्रेष्ठ
२o८१ बैशाख ३१ सोमबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तीन लाख ८७ हजार नगदसहित जुवाको खालबाट १२ जना पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १४:१६:oo

पश्चिम नवलपरासीमा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ ।

बर्दघाट नगरपालिका– २ चिसापानीमा रहेको ध्रुवभण्डारीले सञ्चालन गरेको रोयल कटेज होटेलबाट प्रहरीले होटेल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले उनीहरूको साथबाट तीन लाख ८७ हजार नाै सय ६५ रुपैयाँ नगद, चार बुक तास बरामद गरेको जनाएको छ ।  

पक्राउ परेका सबैलाई अनुसन्धान थाली कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

ad
ad