१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २८ शुक्रबार
  • Saturday, 05 July, 2025
फाइल तस्बिर
रमेश रावल वीरेन्द्रनगर
२o७७ कार्तिक २८ शुक्रबार १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दसैँ–तिहारमा रारा आउने आन्तरिक पर्यटक बढे

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ कार्तिक २८ शुक्रबार १o:१३:oo

कोरोनाका कारणले सुनसान रहेको मुगुको पर्यटकीयस्थल रारामा आउने पर्यटक बढेका छन् । दसैँ–तिहारमा बिदा परेका कारणले रारामा आउने आन्तरिक बढेका हुन् ।  कोरोनाका कारणले सुनसान रहेको रारामा दसैँ–तिहारका बीचमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटकहरू सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले बताए । ‘विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउ हुन थालेका छन् ।’

रारा राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिक महिनामा रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्रायः आन्तरिक पर्यटकहरू मोटरसाइकल, जिप र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए । रारामा घुम्न आउने पर्यटक बढेका कारण विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक ५ देखि ७ वटासम्म सुर्खेत र नेपालगन्जबाट उडान भर्ने गरेका छन् । 

रारा घुम्नलाई चैत–वैशाख तथा जेठ महिना र भदौ, असोज, कात्तिक महिना उपयुक्त भएका कारणले रारामा घुम्न आउने आन्तरिक पर्यटकहरूलाई सहज हुने गरेको मुगु फोतुका नरबहादुर रावतले बताए । ‘प्रायः पर्यटकहरू हिउँद सकिएपछि र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन् ।’ उनले भने, ‘त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।’

बिदामा रारामा घुम्न आउनेको संख्या वृद्धि भएका कारणले कर्णाली राजमार्गमा रहेका होटेल तथा अन्य व्यावसायिक चहलपहल पनि निकै बढेको नाग्मका व्यवसायी नरेन्द्र रोकायाले बताए । ‘रारा घुम्न आउने पर्यटकका कारणले कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको पनि वृद्धि भएको छ ।’