मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २२ शनिबार ०९:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकले १० करोडसम्म कृषि कर्जा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २२ शनिबार ०९:३१:००

सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन तथा विकासमा टेवा पु¥याउने उद्देश्यका साथ १० करोड रुपैयाँसम्मको कर्जा दिने योजना ल्याएको छ । बैंकले कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे हो ।  

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको जनाएको छ । कृषि क्षेत्रको विकासमा बैंकले प्रवाह गर्ने कर्जा सुविधाले ग्राहकलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने बैंकले विश्वास व्यक्त गरेको छ । 

सहुुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको जनाएको छ । यस कर्जा योजनामा प्रशासनिक तथा नवीकरण शुल्क नलाग्ने जनाइएको छ । १५ वर्ष अवधि रहेको यस कर्जाको ब्याज अनुदान ५ वर्षसम्म प्राप्त हुने बैँकले जनाएको छ । 

कर्जा सिद्धार्थ बैंक र युकेएड सक्षम एक्सेस टू फाइनान्स प्रोग्रामबीचको सहकार्यमा ल्याइएको बैंकले जनाएको छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमीको वित्तीय पहुँचमा वृद्धि गर्न योजना सञ्चालन गरिएको जनाइएको छ ।