Skip This
ad
न्युजिल्यान्डको मन्त्रिपरिषद् विस्तार, पूर्वअर्थमन्त्री रोबर्टसनलाई उपप्रधानमन्त्रीको जिम्मेवारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रासस/एएनआई
२o८१ बैशाख २५ मंगलबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

न्युजिल्यान्डको मन्त्रिपरिषद् विस्तार, पूर्वअर्थमन्त्री रोबर्टसनलाई उपप्रधानमन्त्रीको जिम्मेवारी 

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:५९:oo

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषद् घोषणा गरेकी छिन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्वअर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफू समलिंगी भएको बताउँदै आएका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभारसमेत दिइएको छ । 

२० सदस्यीय मन्त्रिपरिषदमा महिला र माओरी समुदायका व्यक्तिलाई पनि राम्रो स्थान दिएको छ । माओरी समुदायमा प्रचलित परम्परागत टाटु चिउँडोमा खोपेकी ननैया महुतालाई विदेशमन्त्रीको जिम्मेवारी दिएको छ । 

गत अक्टोबरमा सम्पन्न आमचुनावमा ठूलो जनमतसहित विजयी भएकी आर्डेनले मन्त्रिपरिषद्लाई बढीभन्दा बढी समावेशी बनाउने प्रयत्न गरेकी छिन् । मन्त्रिपरिषद् गठनबारे राजधानी वेलिङटनमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री आर्डेनले न्युजिल्यान्डका लागि आगामी तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताइन् । उनले विश्वका धेरै देशलाई समस्यामा पारेको कोभिड– १९ ले न्युजिल्यान्डलाई पनि असर पार्ने भन्दै चिन्ता व्यक्त गरिन् । 

नयाँ मन्त्रिपरिषद्लाई जतिसक्दो समावेशी बनाउने क्रममा आफूले योग्यतालाई पनि विशेष रूपमा ध्यान दिएको उनले स्पष्ट गरिन् । प्रधानमन्त्री आर्डेनको दोस्रो कार्यकाल सुरु हुँदै छ । गत चुनावमा आर्डेनको लेबर पार्टीले ८७ प्रतिशत मतगणना भइसक्दा करिब ४९ प्रतिशत मत प्राप्त गरेकाे थियाे। 
 

ad
ad