मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/एपी
२०७७ कार्तिक ८ शनिबार १६:०६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित 

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ कार्तिक ८ शनिबार १६:०६:००

अमेरिकामा शुक्रबार एकैदिन ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट दैनिक संक्रमितहरूको यो संख्या अहिलेसम्मकै धेरै हो ।

लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरू बढेको, भिडभाड धेरै हुन थालेकोलगायतका कारणले संक्रमितको संख्यामा वृद्धि भएको अधिकारीहरूले बताएका छन् । तर, उपचार प्रणाली राम्रो भएकाले मृत्युदर भने कम छ ।

विभिन्न निकायले दिएको विवरणअनुसार अमेरिकामा कोरोना महामारी सुरु भएयता अहिलेसम्म ८५ लाख मानिस संक्रमित भएका छन् । यसअघि एकैदिनमा सबैभन्दा धेरै संक्रमित गत १७ जुलाईमा भएका थिए । त्यो दिन ७६ हजार आठ सय ४२ रहेकोमा शुक्रबार झन्डै ६ हजार बढी भएको देखिएको छ ।

त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा चार लाख ४१ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या पनि जुलाईयताको सबभन्दा धेरै भएको जनाइएको छ। तर, मृत्यु भएकाको संख्या भने गत अप्रिलकोभन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो । 

पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा वृद्धि भएसँगै अस्पताल भर्ना हुनेको चाप बढेको छ । शुक्रबार ४१ हजार चार सय ८५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि अमेरिकासहितका कतिपय मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।