मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ८ शनिबार १३:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना संक्रमित पाँच महिनाकी बालिकाको निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ८ शनिबार १३:२४:००

कोरोना संक्रमित पाँच महिनाकी बालिकाको निधन भएको छ ।

धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनको निधन भएको अस्पतालका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

सुन्दरहरैँचा मोरङकी ती बालिकालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै कोभिड अस्पतालमा रिफर गरेको थियो ।

ती बालिकामा मस्तिष्कसम्बन्धी समस्या रहेको डा. श्रेष्ठले जानकारी दिए । उनमा शुक्रबार कोरोना पजिटिभ देखिएको थियो । 

शवको नियमअनुसार व्यवस्थापन हुँदै गरेको अस्पतालले जनाएको छ ।