१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ६ बिहीबार १५:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना उपचारमा शुल्क : अस्पताल भर्ना हुनुपरे ६० हजारसम्म धरौटी राख्नुपर्ने

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार १५:०९:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितले उपचारका लागि अस्पताल बस्नुपरे ६० हजारसम्म अग्रिम धरौटी राख्नुपर्ने भएकाे छ ।

अस्पताल निर्देशक प्राडा गौरीशंकर शाहले बिहीबार सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार काेराेना संक्रमितकाे उपचारबापत लाग्ने शुल्क सार्वजनिक गरेका हुन् । कोरोना संक्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागू गरिएको उनले जानकारी दिए । यो निर्णय ९ कात्तिकदेखि लागू हुने सूचनामा उल्लेख छ ।    

सूचनाअनुसार कुनै लक्षण नभएका संक्रमितले सात हजार धरौटी र दैनिक दुई हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी र दैनिक तीन हजार पाँच सय शुल्क तिर्नुपर्नेछ । यस्तै मध्यम लक्षण भएका बिरामीले ३५ हजार धरौटी बुझाउनुपर्नेछ भने प्रतिदिन शुल्क सात हजार पाँच सय दिनुपर्नेछ । गम्भीर लक्षण भएका बिरामीले भने ६० हजार धरौटी राखी दैनिक १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, आर्थिक रूपले विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक र ज्येष्ठ नागरिकहरूलाई भने लक्षण देखिएमा सिफारिस तथा परिचयपत्रको आधारमा निःशुल्क उपचार गरिने सूचनामा उल्लेख छ ।

प्रतिष्ठानले पिसिआर परीक्षणका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क तोकेको छ । यद्यपि सरकारले भने पिसिआर परीक्षणको दुई हजारभन्दा बढी शुल्क लिन नपाउने र त्यसभन्दा बढी लिए कारबाही हुने बताएको थियो ।