मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ५ बुधबार २१:०३:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लगातार तेस्रो जितसँगै किंग्स ११ पाँचौँ स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ५ बुधबार २१:०३:००

लगातार तेस्रो जितका साथ किंग्स ११ पन्जाब १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) को पाँचौँ स्थानमा उक्लेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न ३८औँ खेलमा किंग्स ११ ले फर्ममा रहेको दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको हो । किंग्स ११ ले १० खेलबाट आठ अंक बटुलेको छ । दिल्ली १४ अंकका साथ शीर्ष स्थानमा छ । 

दुबईको डिएससी मैदानमा दिल्लीले पहिलो ब्याटिङ गर्दै पाँच विकेट गुमाएर एक सय ६४ रन जोड्यो । किंग्सले १९ ओभरमा पाँचै विकेटको क्षतिमा एक सय ६७ रन जोड्यो । किंग्स ११ पन्जाबलाई जित दिलाउने क्रममा ओपनरबाहेक अन्य सबै ब्याट्सम्यानले बलभन्दा रनको धेरै योगदान दिएका छन् । ओपनर लोकेश राहुलले १५ रन तथा मायांक अग्रवालले ९ बलमा पाँच रन जोडेका थिए । त्यसपछिका ब्याट्सम्यानहरूले उत्कृष्ट स्ट्रोक लगाउँदा दिल्लीका शिखर धवनको सतकीय इनिङ्स खेर गयो । किंग्स ११ का क्रिस गेलले १३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा २९ रनको योगदान दिए । निकोलास पुरनले केवल २८ बलमा ५३ रन बनाए । पुरनले ग्लेन म्याक्सवेलसँग चौथो विकेटका लाग ६९ रनको साझेदारी गरे । 

पुरनले ६ चौका र तीन छक्का प्रहार गरे । म्याक्सवेलले २४ बलमा तीन चौकाको सहयोगमा ३२ रन बनाए । यसअघिको ब्याटिङमा धवनमयी बनेको थियो । दिल्लीका लागि धवनले मात्र उत्कृष्ट प्रदर्शन गरे । उनले ६१ बलमा एक सय ६ रनको सतकीय इनिङस खेले । यसक्रममा उनले १२ चौका र तीन छक्का लगाए । 
किंग्स ११ का गेलले तुषार देश पाण्डेको ओभरमा २६ रन बटुलेका थिए । गेलले यस ओभरमा दुई छक्का र तीन चौका लगाएका थिए । चालू आइपिएलको पावर प्लेमा तुषारको ओभर नै अहिलेसम्मकै महँगो साबित भएको छ । यसअघि सनराइजर्स हैदराबादका खलिल अहमदले चेन्नई सुपर किंग्सविरुद्ध २२ रन खर्चेका थिए । 

लगातार सतक बनाउने धवन पहिलो
आइपिएलमा दिल्लीका शिखर धवनले नयाँ इतिहास बनाएका छन् । आइपिएलमा लगातार खेलमा सतकीय इनिङ्स खेल्ने धवन पहिलो खेलाडी हुन् । यसअघिको खेलमा उनले चेन्नईविरुद्ध एक सय एक रन जोडेका थिए । आइपिएलमा गेलको नाममा सर्वाधिक ६ सतक छ । यसैगरी एकै सिजनमा एकभन्दा बढी शतक लगाउने पंक्तिमा धवन पाँचौँ खेलाडी हुन् । एकै सिजनमा धेरै सतकीय इनिङ्स खेल्ने रेकर्ड रोयल्स च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीको नाममा छ । उनले सन् २०१६ मा चार शतक लगाएका थिए । यसैगरी क्रिस गेलले (२–११), सेन वाट्सनले (२१०८) मा दुई–दुईपटक शतकीय इनिङ्स खेलेका थिए । 

धवनको पाँच हजार रन पूरा
दिल्लीका धवनले आइपिएलमा पाँच हजार रन पूरा गरेका छन् । उनले यो सफलता केवल एक सय ६९ खेलबाट प्राप्त गरेका हुन् । आइपिएलमा बेग्लोरका विराटको नाममा पाँच हजार सात सय ५९ रन छ । चेन्नईका सुरेश रैनाले एक सय ९३ खेलमा पाँच हजार तीन सय ६८ रन बनाएका छन् । मुम्बईका रोहित शर्माले एक सय ९७ खेलमा पाँच हजार एक सय ५८ रन जोडेका छन् । डेभिड वार्नरले एक सय ३५ खेलमा पाँच हजार ३७ रन बनाए । चालू आइपिएलमा रोहित, धवन तथा वार्नरले पाँच हजार रनको कोसेढुंगा पार गरेका हुन् ।