
उद्योगी तथा साहित्यकार वसन्त चौधरीलाई काेरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पजिटिभ देखिएको जनाएका हुन् ।
उनले कोरोना परीक्षण गर्दा पजिटिभ देखिएको र आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाएका छन् ।
चिकित्सकको सल्लाहअनुसार घरमा नै आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकाहरूलाई कोरोना परीक्षण गर्न पनि अनुरोध गरेका छन् ।
चौधरी उद्योगपति विनोद चौधरीका भाइ हुन । वसन्त चौधरी नर्भिक अस्पतालका सञ्चालकसमेत हुन् ।