१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वेस्टर्न युनियनको ‘दसैँको सौगात’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:२२:००

एक देशबाट अर्को देशमा मुद्राको कारोबार गर्दै आएको वेस्टर्न युनियनले नेपालमा दसैँ–तिहार तथा छठको अवसर पारेर ‘दसैँको सौगात’ नामक प्रवद्र्धन योजना ल्याएको छ । कम्पनीले मंसिर २७ गतेसम्म वेस्टर्न युनियनमार्फत रकम पठाउने ग्राहकलाई साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार प्रदान गर्ने योजना ल्याएको हो ।  

योजनामा सहभागी हुन नेपालका ग्राहकले वेस्टर्न युनियनका एजेन्ट अन्नपूर्ण ट्राभल, सिजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रूपमा साप्ताहिक ड्रमा समावेश हुने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार रुपैयाँ र १ जनाले लक्की ड्रमार्फत १० लाख रुपैयाँ जित्ने जनाइएको छ । 

वेस्टर्न युनियनका दक्षिण एसिया सिनियर कन्ट्री म्यानेजर रमानाथनले चाडपर्वको समयमा खुसी बाँड्दै ग्राहकको लगनशीलता र परिश्रमलाई मान्यता दिने एउटा तरिकास्वरूप योजना ल्याएको बताए ।