१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
योगेन्द्रनाथ कर्माचार्य अध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

भाडा घटाउनेबारे सरकारले जानकारी दिएको छैन : योगेन्द्रनाथ कर्माचार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५१:oo

दसैँ सुरु भइसक्दा लामो दूरीमा चल्ने सवारीसाधनमा यात्रुको चाप कस्तो छ ?
यसपटक दसैँ आएको जस्तो अनुभव भएको छैन । गत वर्ष हामीलाई कसरी यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने भन्ने चटारो हुन्थ्यो । यसपटक त्यस्तो केही उत्साह नै छैन । यात्रुको संख्या गत वर्षको तुलनामा शून्यबराबर छ ।

कोरोनो जोखिम कम गर्न सरकारले स्वास्थ्य मापदण्ड बनाएको छ । सवारीसाधनमा स्वास्थ्य सुरक्षा कार्यान्वयन पक्ष कमजोर देखिएर यात्रु कम भएको हो कि ? 
सरकारको निर्णय सबै सवारीसाधनमा कार्यान्वयन भएको छ । मास्क र स्यानिटाइजर लामो दूरी वा छोटो दूरीका सवारीसाधनमा अनिवार्य गर्नु भनेर हरेक समितिहरूमा पत्राचार गरेका छौँ । यसमा व्यवसायी मात्र होइन, यात्रु, चालक–सहचालक सबै सचेत हुनुपर्छ । विभाग, प्रहरी र व्यवसायीले मिलेर अनुगमनसमेत गरिरहेका छौँ । 

यसपटक दसैँमा अग्रिम टिकट खोल्न हतारिनुभएन नि ?   
यसपटक हतार नगरेकै हो । हामीले केही दिन बाटो पनि हेर्‍यौँ, खोल्ने कि भनेर । सरकार–महासंघबीच छलफल पनि भएको हो, तर यात्रु नै धेरै छैनन् । सहज टिकट पाइरहेपछि किन अग्रिम टिकट खोलेर भिडभाड गर्ने भन्ने विषय आएपछि नखोलेको हो । त्यस्तै, सरकारले कुन वेला लकडाउन जारी गर्ने निश्चित छैन । अग्रिम टिकट खोलेर लकडाउन भयो भने त्यसको जिम्मा कसले लिने भन्ने पनि भयो । यस्तै कारण यसपटक अग्रिम टिकट खोल्न चाहेनौँ ।

 दसैँको मुख्य दिन दशमी नजिकिँदै गर्दा यात्रुको संख्या धान्नै नसक्ने अवस्था आयो भने के गर्ने ? 
त्यस्तो अवस्था आउने सम्भावना छैन । यदि आएछ भने पनि हामी त्यसलाई सहज तरिकाले व्यवस्थापन गर्दै यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्‍याउनेछौँ । व्यवसायीहरूसंँग धेरै सवारीसाधन तयारी अवस्थामा छन् । 

सरकारले पूरा सिट यात्रु राखेर पुरानै भाडा लिने भनेर निर्णय गरिसकेको छ, तर तपाईंहरूले थप ५० प्रतिशत भाडा लिइरहनुभएको छ नि ? 
सरकारले निर्णय गरेको हामीले सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएका छौँ । यातायात व्यवस्था विभागले हामीलाई कुनै लिखित पत्र नै दिएको छैन । लिखित पत्र नदिएसम्म हामीले कसरी थाहा पाउने ? अहिले हामीले आधा सिट मात्र यात्रु राखेका छौँ र थप ५० प्रतिशत भाडा पनि लिएका छौँ । जुन दिन सरकारबाट हामीलाई लिखित जानकारी आउँछ, त्यसवेला हामी कार्यान्वयनमा ल्याउँछौँ । 

ad
ad