१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख २४ सोमबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सोती घटनाको मुद्दामा उच्च अदालतका न्यायाधीशबीच राय बाझियो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:१८:oo

जाजरकोटको भेरी नगरपालिका– ४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको गत १० जेठमा हत्या अभियोगमा जिल्ला अदालतको आदेशउपर उच्च अदालत सुर्खेतमा परेको निवेदनमा घटनामा संग्लन रहेका आरोपितलाई छाड्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएको छ । मुख्यन्यायाधीश कुमाल चुँडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो । 

उच्च अदालत सुर्खेतका रजिस्ट्रार माधवप्रसाद पौडेलले थुनामा राख्न आदेश भएको लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर बुढाका विषयमा दुई न्यायाधीशबीच राय बाझिएको बताए ।

राय बाझिएको विषयमा तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुने र उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउने पौडेलले जानकारी दिए । ‘दुई न्यायाधीशका बीच अदालतमा राय बाझिएकाले तेस्रो न्यायाधीशको राय निर्णायक हुन्छ,’ उनले भने, ‘तेस्रो न्यायाधीशको राय नआउन्जेल जिल्ला अदालतको आदेश नै कार्यान्वयन हुन्छ ।’

सोती घटनामा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभावलगायतको अभियोगमा रुकुमपश्चिम अदालतमा मुद्दा दायर भएको थियो । प्रतिवादी बनाइएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एकजनालाई मतियारको रूपमा मुद्दा दर्ता भएको थियो ।

आरोपीमध्ये वडाध्यक्षसहित २२ जनालाई रुकुमपश्चिम जिल्ला अदालतले असार १० गते पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालतले सदर गरेको रजिस्ट्रार पौडेलले जानकारी दिए ।

ad
ad