मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ असोज २५ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २५ आइतबार ११:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार–डा. केसीबीचको सहमतिको कांग्रेसद्वारा स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २५ आइतबार ११:४८:oo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र अनशनरत डा. गोविन्द केसीबीच भएका सहमतिको स्वागत गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सहमतिको स्वागत गरेका हुन्  । साथै उनले ‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन निरन्तर खबरदारीको भने जरुरी रहेको जनाएका छन् ।

साथै प्रवक्ता शर्माले डा. केसीको अनशनप्रति सुरुदेखि नै सरकारी रवैया नकारात्मक देखिएको भए पनि छलफलबाट सहमतिमा पुग्नु सुखद भएको जनाएका छन् ।

उनले सहमतिलाई कार्यान्वयनमा लैजान पनि जोड दिएका छन् ।