Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी राँची
२०७७ असोज २३ शुक्रबार १४:१७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लालु यादवले पाए जमानत, बिहारको चुनावी राजनीतिमा तरंग

Read Time : < 1 मिनेट
एजेन्सी राँची
२०७७ असोज २३ शुक्रबार १४:१७:००

बिहारका पूर्वमुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित नेता लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । 

चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ । 

बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ। 

तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनुपर्नेछ । 

यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौँदेखि राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा भर्ना भएका छन् । 

यादव सन् २०१७ को डिसेम्बरदेखि जेलजीवन बिराइरहेका छन् । उनले भारतीय फौजदारी संहिताबमोजिम सात वर्ष र चारा घोटालासम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् । 

यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ मा बिहारस्थित पशुपालन विभागको एक परियोजनाबाट गैरकानुनी तरिकाबाट तीन करोड ५० लाख भारतीय रुपैयाँ झिकेको यादवमाथि आरोप छ ।