१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

बालबालिकाको भर्चुअल कक्षा कसरी व्यवस्थित बनाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:४९:oo

कोरोना संक्रमण नियन्त्रण गर्न देशभरका प्रायः शिक्षण संस्था बन्द छन् । केही विद्यालयले भौतिक दूरी कायम गर्दै कक्षा सञ्चालन गर्न थाले पनि पुनः सामान्य अवस्थामा फर्किन निकै समय लाग्ने विज्ञहरूले बताएका छन् । यसकारण विकल्पस्वरूप धेरैजसो कलेज तथा विद्यालयले भर्चुअल शिक्षण गरिरहेका छन् ।

संक्रमणबाट बचेर कक्षाहरू सञ्चालन गर्न अनलाइन कक्षा निकै उपयुक्तसमेत मानिएको छ । कतिपय कलेज तथा विद्यालयले शैक्षिक सत्रभरि नै भर्चुकल कक्षा सञ्चालन गर्ने योजनासमेत बनाइरहेका छन् । कलेज तथा युनिभर्सिटीमा पढ्ने विद्यार्थीका लागि अनलाइन कक्षा उपयुक्त मानिए पनि साना बालबालिकालाई भर्चुअल कक्षा त्यति सहज छैन । 
बालबालिकालाई भर्चुअल कक्षामा शिक्षण गराउँदा अभिभावकसमेत सँगै बस्नुपर्ने बाध्यता हुन्छ । सामान्यतया जागिरे अभिभावकलाई समय मिलाउन गाह्रो हुन्छ । परम्परागत सिकाइ विधिबाट भर्चुअल सिकाइमा एकैचोटि प्रवेश गर्दा पनि सुरुवाती चरणमा समायोजन हुन गाह्रो हुन सक्छ । 

–विद्यालयहरूले भर्चुअल कक्षाका लागि पनि औपचारिक पोसाक निर्धारण गरेका छन् । औपचारिक पोसाक लगाउनुपर्ने भएमा कक्षा सञ्चालन हुनुभन्दा अगाडि नै बालबालिकालाई पोसाक लगाइदिनुपर्छ । साथै कक्षामा बस्नका लागि तयार पार्नुपर्छ । 

–पढाइमा आवश्यक पर्ने डिजिटल साम्रगी जस्तै ल्यापटप, मोबाइल आदि पहिले नै चार्ज गरेर राख्नुपर्छ । कक्षाको समय–तालिका बनाउनुपर्छ, जसले गर्दा बालबालिका समयमा पढाइका लागि तयार हुन सकून् । 

–बिहानको समयमा स्वस्थ हलुका खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । साथै घरबाटै कक्षामा सहभागी हुनुपर्ने हँुदा घरमा पनि कुन समयमा के गर्ने भन्ने पहिले नै निर्धारण गर्नुपर्छ । जसले गर्दा बच्चालाई अनुशासित बनाउन सजिलो हुन्छ । 

–बोल्ने शैली, व्यवहार, भाषा छनोट आदि विषय धेरैजसो विद्यालय वा साथीभाइको अनुशरणबाट सिक्ने भएकाले घरमै बस्दा यस्ता अवसरबाट वञ्चित हुन सक्छन् । तसर्थ परिवारमा बोल्दा वा कुराकानी गर्दा राम्रो भाषाको प्रयोग गर्नु आवश्यक हुन्छ । 

–पढाइमा बाधा पुग्ने खालका व्यवहारबाट टाढा राख्नुपर्छ । जस्तै टेलिभिजन, खेलौना, होहल्ला, म्युजिक आदिबाट सिकाइको समयमा टाढा राख्नुपर्छ । सकेसम्म बालबालिका पढ्ने छुट्टै स्थान बनाउन सकिन्छ । 

–अभिभावकले बालबालिकाको व्यवहार परिवर्तनलाई ख्याल राख्नुपर्छ । साथै भर्चुअल सिकाइ प्रभावकारी बनाउन ल्यापटप वा मोबाइलको सही सदुपयोग गर्न सिकाउन, शिक्षकको निर्देशन पालना गर्न लगाउन मद्दत गर्नुपर्छ । 

–स–साना कक्षाका बालबालिकालाई भर्चुअल कक्षा सिक्नका लागि प्रभावकारी नहुन सक्छ । अनलाइन कक्षामा हुने बालबालिकाको सिकाइ घरको वातावरण, व्यवहार, अभिभावकको सहयोग आदिमा निर्भर रहन्छ । यस्तोमा अभिभावकले पूर्ण निगरानीमा राखेर सिकाउन सकिन्छ ।

–एजेन्सीको सहयोगमा
 

ad
ad