मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज १५ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज १५ बिहीबार o५:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाले ल्यायो १ रुपैयाँ डाउन पेमेन्ट योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज १५ बिहीबार o५:१o:oo

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले चाडपर्वको अवसर पारेर ‘हरेक नेपालीलाई १ रुपैयाँमा होन्डा’ नामक योजना ल्याएको छ । कम्पनीले मुख्य चाडपर्व धेरैले होन्डाको यात्रामा मनाउन सकून् भन्ने उद्देश्यसहित योजना ल्याएको हो ।

योजना अविधिभर ग्राहकले होन्डाको कुनै पनि बाइक वा स्कुटर १ रुपैयाँको डाउन पेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्याकार इन्भेस्टमेन्ट भएका स्थानहरूमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकले नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरूसमेत प्राप्त गर्न सक्ने जनाइएको छ । योजनाअनुसार खरिदकर्ताले होन्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपनमार्फत  १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङका साथै ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।