मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १२ सोमबार १६:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज १३ सय ५१ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितकाे संख्या १९ हजार ६ सय २४ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १२ सोमबार १६:२२:००

पछिल्लो २४ घन्टामा १३ सय ५१ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा १० हजार ८० जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार सात सय ४५ पुगेको छ । 

त्यसैगरी सोमबार सात सय ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

कुल निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना निको हुने दर ७३.१ प्रतिशत रहेको पनि जानकारी दिए । 

हाल देशभर १९ हजार ६ सय २४ सक्रिय कोरोना संक्रमित रहेको गौतमले बताए । 

संक्रमितमध्ये दुई सय २५ जनाको आइसियू र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।