मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज १० शनिबार
  • Wednesday, 09 July, 2025
२o७७ असोज १० शनिबार १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १० शनिबार १o:३४:oo

रौतहटमा  धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ । चारजनाको समूहले  देवाही गोनाही नगरपालिका– ५ टिकुलिया गाउँका स्थानीय महेश तिवारीदम्पतीमाथि आक्रमण गर्दा महेशकी श्रीमती जगरामी देवीको मृत्यु भएको हो भने गम्भीर घाइते महेशको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

हत्यामा संलग्नमध्ये स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले बताए ।   शुक्रबार साँझ देवाही गोनाही– ५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चारजना मिलेर महेशदम्पतीमाथि आक्रमण गरेका थिए ।

प्रजित र सोनालाल दाजुभाइ हुन् । घटनामा संलग्न  अन्य तीनजनाको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।   घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।