मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Wednesday, 09 July, 2025
२o७७ असोज ९ शुक्रबार १४:२३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश ५ ‌मा संक्रमितको संख्या १० हजारनजिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ९ शुक्रबार १४:२३:oo

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या नौ हजार नौ सय ६७ पुगेको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित रुपन्देहीमा छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार रुपन्देहीमा दुई हजार तीन सय १९ कोरोना संक्रमितमध्ये १५ सय संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या सात हजार ६ सय ६५ पुगेको छ । 

धेरै संक्रमित रुपन्देही, बाँके, कपिलवस्तु र दाङमा 

प्रदेशमा धेरै संक्रमित रहेको रुपन्देहीमा दुई हजार तीन सय १९ संक्रमित छन् । बाँकेमा एक हजार सात सय ४६, कपिलवस्तुमा एक हजार दुई सय ९७ र  दाङमा एक हजार ७४ संक्रमित रहेको निर्देशनालयले जनाएको छ । 

त्यस्तै, पाल्पामा सात सय ३२,  बर्दियामा ६ सय २२, प्युठानमा पाँच सय ४१ जना,  गुल्मीमा पाँच सय तीन, नवलपरासी पश्चिममा पाँच सय २४ जना,  अर्घाखाँचीमा चार सय १३, रोल्पामा एक सय २२ जना र रुकुम पूर्वमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । प्रदेशमा होम आइसोलेसनमा एक हजार ६ सय ९८ छन् ।