१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७७ असोज ९ शुक्रबार १२:४८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ९ शुक्रबार १२:४८:oo

गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कास्कीका १७ जना, लमजुङका तीनजना, गोखराका १२ जना, नवलपुरका नाैजनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । 

योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या एक हजार १ सय ४५ छ । 

हालसम्म गण्डकी प्रदेशमा दुई हजार चार सय ५९ जनाले कोरोनालाई जितेका छन् ।

३३ जनाको भने कोरोना संक्रमणकै कारण ज्यान गुमेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।