१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:३o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जन्मदर बढाउने जापान सरकारको नयाँ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:३o:oo

अहिलेकै क्रममा जन्मदर घट्ने हो भने भविष्यमा जापान रित्तिने विज्ञहरूको अनुमान

विकासमा ठूलो फड्को मारेको जापानले पछिल्लो दशक एउटा ठूलो समस्याको सामना गरिरहेको छ, न्यून जन्मदर । अहिलेकै क्रममा जन्मदर घट्ने हो भने भविष्यमा जापान रित्तिने विज्ञहरूको अनुमान छ । यही समस्याको समाधान खोज्ने प्रयासस्वरूप जापानले नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ । आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख प्राप्त गर्ने सरकारले घोषणा गरेको छ । 

जापानमा मान्छेहरू कामप्रति निकै समर्पित हुन्छन् । लामो समयसम्म कार्यालयमा काम गर्छन् । काममै व्यस्त हुँदा धेरै जापानी ढिला विवाह गर्ने वा अविवाहित नै रहने चलन बढेको छ । उनीहरूको यही जीवनशैलीका कारण जन्मदर घट्दो अवस्थामा देखिएको हो । सोही कारण जापान सरकारले नवविवाहितलाई सहयोग कार्यक्रमको घोषणा गरेको हो । सरकारको योजनाअनुसार नवविवाहित जोडीले आफ्नो नयाँ जीवन सुरुवात गर्न सरकारबाट ६ लाख रकम प्राप्त गर्नेछन् ।

जापानले यो कार्यक्रमलाई व्यापक बनाएर देशमा चाँडै विवाह गर्नेको संख्या बढाउने योजना बढाएको ‘द जापान टाइम्स’ले उल्लेख गरेको छ । यसका लागि सरकारले केही विशेष मापदण्ड तय गरेको छ । मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुला र बेहुली दुवैजना विवाह गर्ने समयमा ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ । जापानका केही स्थानीय तहमा यो कार्यक्रम यसअघिबाटै लागू थियो ।