मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ६ मंगलबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोकले ज्यान गुमाएका परिवारलाई पूर्वअर्थमन्त्री लोहनीले गरे ४५ हजार सहयोग

Read Time : < 1 मिनेट
२०७७ असोज ६ मंगलबार १९:४८:००

भोकका कारण ज्यान गुमाएका परिवारलाई पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले ४५ हजार आर्थिक सहयोग गरेका छन् ।

गत शुक्रबार ‘जनता भोकै पर्दै छन्, भोकले मर्दै छन्’ शीर्षकमा नयाँ पत्रिकाको फ्रन्टपेजमा प्रकाशित समाचार पढेर डा. लोहनीले नयाँ पत्रिकाकर्मीमार्फत सप्तरीको कञ्चनरूप नगरपालिका– ५ रामपुर पथरीका मलर सदाका परिवार, अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ का शिवचन्द्र सदाका परिवार र मोरङको सुन्दरहरैँचा नगरपालिका– १० को सुकुम्बासी टोलमा बस्ने ४७ वर्षीय अशोक दर्जीको परिवारलाई जनही १५–१५ हजार रकम सहयोग गरेका छन् ।

यस्तै काठमाडौं धुम्बाराहीका महेश पाण्डेले मोरङको सुन्दरहरैँचा नगरपालिका– १० को सुकुम्बासी टोलमा बस्ने ४७ वर्षीय अशोक दर्जीको परिवारलाई  १० हजार, सप्तरी रामपुर पथरीका मलर सदाकाे परिवारका लागि पाँच हजार र भोककै कारण ज्यान गुमाएका वीरगन्ज महानगरपालिका– ३१ बेल्वास्थित ससुराली घरमा बस्ने ३० वर्षीय सतन माझीको परिवारलाई पाँच हजार सहयोग गरेका छन् ।

यस्तै न्यू होराइन एसएलसी ब्याच, ०६४ तानसेन पाल्पाका तर्फबाट उज्ज्वल कार्कीले पाँच हजार र पोखराका एक मनकारीले आठ हजार रुपैयाँ शिवचन्द्र सदाको परिवारलाई सहयोग गरेका छन् ।