कोरोनाबाट थप दुईजनाको निधन

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

२४ घन्टाभित्र कोरोना संक्रमणबाट थप दुईजनाको निधन भएको छ ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबारसम्म देशभर कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या चार सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चाेककी ५० वर्षीया महिलाको कोराेनाबाट मृत्यु भएको हो ।

सुझावित समाचार