मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o७७ असोज २ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिल्सा नाका खोल्न हुम्ला उद्योग वाणिज्य संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २ शुक्रबार १६:२४:oo

छिमेकी देश चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्ला उद्योग वाणिज्य संघले माग गरेको छ ।  

कोभिड– १९ को संक्रमणले विगत सात महिनादेखि बन्द हिल्सा नाकालाई सहज बनाउन उद्योग वाणिज्य संघ हुम्लाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र दिँदै सीमानाका सञ्चालन गर्ने आग्रह गरेको हो ।

उत्तरी हिल्सा नाका कोभिड– १९ को संक्रमणले सीमा बन्द भएपछि व्यापारीहरूको व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेका छन् ।

चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला, ठूला व्यवसायहरू आर्थिक संकटको घेराबन्दीमा परेको, अर्कोतर्फ कर्जाको ब्याजले सताएको हुम्ला उद्योग वणिज्य संघका अध्यक्ष नामग्याल तामाङले जानकारी दिए ।

सीमा क्षेत्रमा रहेका व्यापारीको कारोबार र दैनिक उपभोग्य वस्तु विकास निर्माणका सामानहरू मालसामान ल्याउन समस्या भएको अध्यक्ष तामाङको भनाइ छ । लकडाउनका कारण हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीहरूको व्यापार ठप्प हुँदा आफूहरु मर्कामा परेको व्यापारीहरूले गुनासो गर्ने थालेका छन् ।

हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुँदा राजस्वमा घाटा हुनुका साथै ग्राहकहरूले सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको ज्ञापनपत्रमा उल्लेख छ ।