१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:२४:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका– १० भाउन्नेमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

शुक्रबार बिहान को.१७प ८५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बेलबारी– १० का ५० वर्षीय शम्भु दाहाल घाइते भएका थिए ।

साइकलमा पूर्वतर्फ जाँदै गरेका दाहाल १० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुऱ्याएको केही बेरमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

मोटरसाइकलचालक सुन्दरहरैँचा नगरपालिका– ९ का उमेश भट्टराईलाई नियन्त्रणमा लिएको उनले बताए । 
घटनाको थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

ad
ad