१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार ०९:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टाटा अल्ट्रोज प्रिमियम  ह्याचब्याक नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार ०९:३७:००

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल प्रविधिमार्फत नेपाली बजारमा सार्वजनिक गरेको हो । 

टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एड्भान्स) आर्किटेक्चरमा बनेको पहिलो र एक मात्र गाडी भएको कम्पनीको दाबी छ । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इन्डस्ट्रिज–फस्ट, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेको जनाइएको छ ।  

गाडी सार्वजनिक गर्दै टाटा मोटर्सका प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड सुजन रोयले प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार विस्तारमा सहयोग पुर्‍याउनेमा ढुक्क रहेको बताए । सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘नयाँ मोडलका गाडीहरूले क्लास लिडिङ डिजाइन, सुरक्षित, प्रविधियुक्त र ड्राइभिङ डाइनामिक्सलाई पुनः परिभाषित गर्छ । त्यसैले गर्दा हामी हाम्रा ग्राहकको माग र रुचिअनुसारका नयाँ उत्पादनहरू सार्वजनिक गर्दै लैजानेछौँ ।’

यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पिएस पावर र ११३ एन एम टर्क प्रदान गर्ने जनाइएको छ । मल्टी ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्ने कम्पनीको दाबी छ ।

आइडल स्टप–स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डललगायतका विशेषता रहेको कम्पनीले जनाएको छ । यात्रुको सुरक्षाका लागि यस गाडीका सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र ड्युल एयरब्यागहरू रहेको कम्पनीको दाबी छ । २९ लाख ९९ हजार रुपैयाँ मुल्य तोकिएको यस गाडीको बुकिङ नेपालभरिका सबै डिलरमार्फत हुने कम्पनीले जनाएको छ ।