मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज १ बिहीबार
  • Monday, 14 July, 2025
२o७७ असोज १ बिहीबार १६:१३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

डोटी अस्पतालमा गरिएको परीक्षणमा ३४ जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १ बिहीबार १६:१३:oo

डोटी अस्पतालमा गरिएको परीक्षणमा ३४ जना कोरोना संक्रमित थपिएका छन् । 

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जना कोरोना संक्रमित थप भएका हुन् । परीक्षणमा २९ पुरुष र पाँच महिलामा संक्रमण भेटिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । 

एक सय ७६ जनाको स्वाब परीक्षण गरिएकोमा ३४ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । 

डोटीको केआईसिंह गाउँपालिकामा चारजना पुरुष, शिखर नगरपालिकामा सात पुरुष र एक महिला, दिपायल सिलगढी नगरपालिकामा पाँचजना पुरुष र अछामको साँफेबगर नगरपालिकाका १३ जना पुरुष र चारजना महिला गरी १७  जना संक्रमित भएका छन् ।