१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

युनिभर्सलको काठमाडौं कार्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४१:oo

मृतक डाक्टरका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको काठमाडौंमा रहेको सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको छ । उपचारमा गरिएको चरम लापरबाहीका कारण ज्यान गुमाएका युनिभर्सलमै कार्यरत अर्थोपेडिक्स सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै केही चिकित्सकले बुधबार तालाबन्दी गरेका हुन् । 

डा. चेतन बस्नेत, डा. अच्युत भट्ट र डा. विनयकुमार पञ्जियारले संयुक्त विज्ञप्ति जारी गर्दै पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनुको साटो उल्टै धम्क्याउने गरेकाले युनिभर्सलको कमलादीस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गर्नुपरेको बताएका छन् ।

‘दोषीलाई कारबाही र पीडित पक्षलाई राहत दिलाउनका निम्ति हामी आठ महिनादेखि निरन्तर संघर्षरत छौँ । पटक–पटक सम्पर्क गर्न खोज्दा पनि अस्पताल प्रशासन सम्पर्कमा नआउने र उल्टै फोन गरेर धम्कीपूर्ण ढंगले कुरा गर्ने अवस्था देखियो । अन्तमा हामी हाम्रो निरन्तरको संघर्षलाई सार्थक रूप दिन आज (बुधबार) तालाबन्दी गर्न बाध्य भएका छौँ,’ चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ad
ad