१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ भदौ ३१ बुधबार ११:५१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बेलले कुरा चलाए टोटनह्यामसँग

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ भदौ ३१ बुधबार ११:५१:००

वेल्सका स्ट्राइकर गेराथ बेलले इंग्लिस क्लब टोटनह्यामसँग वार्ता चलाएका छन् । 

स्पेनिस क्लब रियल म्याड्रिडको पहिलो सेटमा खासै स्थान बनाउन सकेपछि बेलले आफ्नो पुरानै क्लबमा फर्कने पुनः एकपटक इच्छा राखेका हुन् । 

टोटनह्याममा लोन वा सम्झौता गरी आउने सम्बन्धमा निर्णय हुन बाँकी नै छ । बेलले आफ्नाे एजेन्ट जानाथ बर्नटलाई इंग्लिस क्लबसँग सम्झौताका लागि कुरा गर्न निर्देशन दिएका छन् । 

सन् २०१३ मा रियल म्याड्रिडले बेललाई आठ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । 

जिनेदिन जिदानको आगमनपछि बेलले रियलमा त्यति प्रभाव जमाउन सकेनन् । जिदानले क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा राख्दा बेल सधैँ दोस्रो वा तेस्रो नम्बरमा पर्थे । 

धेरैजसो समय चोटग्रस्त हुँदा पनि प्रशिक्षक जिदान र बेलबीचको सम्बन्ध पातलिँदै गयो । 

जिदानले फिट भएका खेलाडीलाई पहिलो प्राथमिकतामा राख्दा बेल सधैँ बाहिर नै रहे । यद्यपि बेल फिट हुँदा पनि उनले स्थान बनाउन धेरै मिहिनेत गर्नुपरेको थियो । 

‘बेल अझै पनि टोटनह्यामलाई मन पराउँछन्,’ एजेन्ट बर्नटले भने, ‘हामी टोटनह्यामसँग कुराकानी गरिरहेका छौँ, जहाँ एजेन्टको मन बस्छ त्यहीँ जाने हो ।’ 

म्यानचेस्टर युनाइटेड पनि बेल भित्र्याउन इच्छुक देखिन्छ । तर, बेलको भित्री चाहना नै पुनः टोटनह्याममै फर्किनु हो । 

बेल स्पेनिस क्लब रियलबाट प्रतिसाता ६ लाख पाउन्ड पारिश्रमिक रूपमा थाप्छन् । 

३१ वर्षीय बेलले सान्टिएगो बर्नावेउमा सात वर्ष बिताउँदा चार युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता र तीनपटक स्पेनिस ला लिगा कप उचाले ।

रियलमा दोस्रोपटक जिदान प्रशिक्षक भएपछि बेलसँग सम्बन्ध राम्रो भएन । जिदानले बारम्बार बेललाई बिक्रीमा रहेको खेलाडी भएको बताइरहेका थिए । 

गत वर्षको सिजनमा बेलले जिदानले बेललाई केवल एक खेलमा मात्र मौका दिए । 

सन् २०१७ को सिजनमा रियल स्पेनिस ला लिगा च्याम्पियन हुँदा बेलले मैदानमा सय मिनेट मात्र प्रतिस्पर्धा गर्न अवसर पाए । 

आफू पहिलो रोजाइका खेलाडी नभएपछि बेलले वेला–वेलामा अन्य क्लबमा जाने कुरा चलाउँथे । 
तर, उनको अन्य क्लबसँग सम्झौता कहिले पूरा भएन । यासपटक उनी गम्भीर छन् ।