१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

लमजुङमा १६ नेपाली सेनासहित २७ जना काेराेना संक्रमित थपिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:o६:oo

लमजुङमा आइतबार १६ जना सैनिकसहित २७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामध्ये १६ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

उनीहरू सबै सुन्दरबजार नगरपालिका– ९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यावसायिक तालिम केन्द्रमा कार्यरत रहेका नेपाली सेनाको उदिपुरस्थित श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले बताए ।

उनका अनुसार भदौ ६ गते पिसिआर परीक्षणका क्रममा उक्त तालिम केन्द्रका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

नमुना सामुदायिक अस्पताल सुन्दरबजारको आइसोलेसनमा रहेका २२ जनामध्ये ६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । तालिम केन्द्रका २० जना सैनिकमा गत भदौ ६ गते कोरोना पुष्टि भएको थियो । 

तालिम केन्द्रमा कार्यरत करिब ६० जनामध्ये पहिलो चरणमा ३० जना र पछिल्लो चरणमा ३० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । 

कोरोना परीक्षण गरिएकामध्ये हालसम्म तालिम केन्द्रका ३७ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा परीक्षण गरिएकामध्ये तालिम केन्द्रका १६ जना सैनिक, बेसीसहर नगरपालिका– २ घर भई चितवन मेडिकल कलेजको प्रयोगशालाबाट परीक्षण गरिएका एक  पुरुष, कन्ट्याक्ट ट्रेसिङबाट प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका सुन्दरबजार नगरपालिका– ७ र ९ का तीनजना पुरुष, सुन्दरबजार नगरपालिका– ९ का दुईजना महिला, होटेल क्वारेन्टिनमा बसी परीक्षण गरिएका सुन्दरबजार–५ र ९ का चारजना साथै होम क्वारेन्टिनमा बसेका सुन्दरबजार–९ का एक पुरुष रहेका छन् । 

लमजुङमा हालसम्म तीन सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । जसमध्ये एक सय ३९ जना निको भइसकेका छन् ।

जिल्लाका कोरोना संक्रमितलाई बेसीसहरको सहजीस्थित सहरी विकास कार्यालयको आइसोलेसन, लमजुङ जिल्ला सामुदायिक अस्पताल, सुन्दरबजारको नमुना सामुदायिक अस्पताल र कृषि क्याम्पसको आइसोलेसनमा राखिएको छ ।

ad
ad