१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक उडान १५ असोजदेखि खुलाउने सरकारकाे तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:१५:oo

सरकारले १५ असोजदेखि देशभरका विमानस्थलमा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । तर, पर्यटन मन्त्रालयले भने १ असोजदेखि हिमाली र पहाडी क्षेत्रमा उडान खोल्नुपर्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । एयरलाइन्स कम्पनीहरूले भने १ असोजदेखि उडान नखोले आन्दोलन गर्ने र कम्पनीको चाबी सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबैसँगको छलफलमा १५ असोजबाट आन्तरिक उडान खुलाउनेमा सहमत भएको बताए । दसैँ र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।

मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गराउने प्रयास भएको छ । मन्त्रालयले विदेशबाट नेपालमा काम गर्न आउन नपाएका कामदारलाई समेत खोल्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । कामदार रोकिँदा भैरहवा र पोखरा विमानस्थलमा चिनियाँ प्राविधिक रोकिएका छन् ।