मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ १७ बुधबार
  • Saturday, 12 July, 2025
२o७७ भदौ १७ बुधबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रहार गरी झापाको शिवसताक्षीमा युवकको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १७ बुधबार १७:५८:oo

झापाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । शिवसताक्षी– ११ का २८ वर्षीय गोमानसिंह मगरको बुधबार शव फेला परेको हो । उनको शव रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा फेला परेको हो । 

मंगलबार साँझदेखि बेपत्ता भएका मगरको शवमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । उनको हत्या कसले र किन गऱ्याे भन्ने नखुलेको कोइरालाले बताए । ‘मंगलबार साँझ साथीले फोन गऱ्याे, बजार पुगेर आउँछु भनेर घरबाट हिँडेका रहेछन् । बुधबार बिहान मात्र परिवार प्रहरीकहाँ आइपुगे,’ उनले भने, ‘वनरक्षकले पनि जंगलमा बाइक देखेकाले खोज्दै जाँदा शव भेटियो ।’

घटनामा संलग्नको खोजीका लागि प्रहरीले संघीय प्रहरी इकाइ धरानबाट तालिमप्राप्त कुकुरसमेत ल्याएको थियो । कुकुरले सामान्य संकेत गरे पनि संलग्नको पहिचान नभएको प्रहरीले जनाएको छ । मृतक युवक लकडाउनअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।