मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
गणेश लम्साल विराटनगर
२o८३ असोज १४ बुधबार १५:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस मोरङ– ६ को क्षेत्रीय अधिवेशनमा सांघातिक आक्रमणमा तीनजना घाइते

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १५:o१:oo

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को जारी क्षेत्रीय अधिवेशनका क्रममा सांघातिक आक्रमण भएको छ। सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे ।  घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता  चेतराज रेग्मी घाइते भएका छन् ।

अधिवेशनमा मनोनयन दर्ता गराउने विषयमा विवाद भएपछि आक्रमण भएको हो। मनोनयन दर्ताका क्रममा विवाद बढेपछि दुई पक्षबीच भनाभन हुँदै आक्रमणमा परिणत भएको बताइएको छ।

घटनामा केही व्यक्ति घाइते भएको र घटनापछि अधिवेशनस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।

घाइते तीनैजनालाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय उपमहामन्त्री डा. डिला संग्रौलाले क्षेत्रीय सभापति देबु तामाङको योजनामा योजनाबद्ध आक्रमण भएको दाबी गर्दै तामाङलाई पार्टीबाट निलम्बन गर्न माग गरेकी छिन्। घटनाबारे थप विवरण  आउन बाँकी छ । 

↑