मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १८:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोलेन्द्रलाई पक्राउ गरेको होइन, अपरिचित समूहको थ्रेटपछि ‘रेस्क्यु’ : सरकारका प्रवक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १८:३६:oo

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको स्पष्टीकरण दिएको छ।

असुरक्षा बढेपछि जबरालाई रेस्क्यु गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित  पोखरेलले बताए। मंगलबार मन्त्रिपरिषद्को बैठकपछिको पत्रकार सम्मेलनमा पोखरेलले परिवारको आग्रहमा नै जबरालाई सुरक्षा दिइएको जिकिर गरे। 

‘उहाँलाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिएको पनि होइन। उहाँको आफ्नै परिवारबाट पनि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनुभएको छ,’ पोखरेलले भने, ‘उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लगिएको हो।’

सरकार र प्रहरी प्रशासन कसैले पनि जेन-जीबाट थ्रेट आएको नबताएको स्प्ष्ट पार्दै सरकारका प्रवक्ताले भने, ‘जेन-जीबाट थ्रेट आएको होइन। एउटा अपरिचित समूहबाट आएको हो।’

↑