Skip This
चामेमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चामेमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १८:३७:oo

घट्टेखोलामा आएको बाढीले मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ। घट्टेखोलाबाट आएको बाढीपहिरोले मर्स्याङ्दीको बहाब रोकिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए।

घट्टेखोलामा आएको बाढी र पहिरोले नदीको बहाब रोकिएपछि मर्स्याङ्दी र घट्टेखोला मिसिएर ताल बनेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। नदी थुनिएपछि चामे गाउँपालिकाको पारिपट्टिको बस्ती जोखिममा परेको छ।

मर्स्याङ्दी नदी आंशिक थुनिएर जलसतह बढ्न थालेपछि साइरन बज्न थालेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन र नदीआसपास नजान आग्रह गरेको छ।

↑