मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ३० मंगलबार
  • Wednesday, 16 September, 2026
२o८३ भदौ ३० मंगलबार १७:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्द्रसरोवरमा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, चालकसहित चार घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ ३० मंगलबार १७:५७:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन्।

काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको म. प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक गाडी मंगलबार दिउँसो करिब २ बजे हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट करिब हजार मिटर तल खसेको हो।

प्रहरीका अनुसार गाडीमा चालकसहित आठजना सवार थिए। दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका गाडीचालकसहित तीनजनालाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका–२४ का करिब २० वर्षीय चालक अमीर अन्सारीको टाउको, दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेकाले ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११ की करिब २३ वर्षीया कल्पना तामाङको ढाड, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थामा रहेकी उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाराको महागढीमाई नगरपालिका–११ की करिब २१ वर्षीया बबियाकुमारी यादवको दायाँ खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये एकजना पुरुषको भने नाम, थर र ठेगाना खुल्न सकेको छैन। करिब ३४–३५ वर्षका जस्ता देखिने ती पुरुष बोल्न नसक्ने अवस्थामा रहेको र गम्भीर घाइते भएकाले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडी सडकबाट करिब एक हजार मिटर तल खसेकाले उद्धार कार्य कठिन बनेको थियो। दुर्घटनालगत्तै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो।
प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली उद्धारमा खटिएको थियो।