शनिबार राति क्यासिनोबाट पक्राउ परेका इप्रका पोखरियाका इन्स्पेक्टर प्रदीपसहित ८ जनालाई ६ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ। जुवासम्बन्धी कसुरमा उनीहरूलाई ६ दिन म्याद थप भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गोल्डेन फिंगर गेमिङ जोन क्यासिनोमा छापा हानी इन्स्पेक्टर पौडेलसहित आठजनालाई पक्राउ गरेको थियो । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, उनका साथीहरू ओमप्रकाश बैठा र चन्दन सहनी क्यासिनोमा जुवा खेलाउने म्यानेजर परदेशी साहसहित कर्मचारीहरू विजयकुमार पटेल, दिनेशकुमार पटेल र जयदेव साहविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको हो।
साथै, इन्स्पेक्टर पौडेललाई भने निलम्बन गर्नसमेत माथिल्लो निकायमा पत्राचार भएको प्रहरी स्रोत बताउँछ।