मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १५ सोमबार
  • Monday, 31 August, 2026
२o८३ भदौ १५ सोमबार २२:५९:oo
Read Time : < 1 मिनेट
समाचार

ट्राफिक नियम उल्लङ्घन गर्ने ६ हजार बढी सवारीसाधन कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १५ सोमबार २२:५९:oo

बर्दियामा ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ६६७ सवारी साधनलाई कारबाही गरिएको जनाएको छ । जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने  छ हजार ६६७ सवारी साधनलाई कारबाही गरिएको जनाएको हो ।

लागूपदार्थ तथा मादक पदार्थ सेवन  गरेर सवारी चलाउने, तीव्र गतिमा सवारीसाधन हाक्ने, क्षमताभन्दा बढी यात्रु र  सामान बोक्ने र सवारीको स्वरूप परिवर्तन गर्ने सवारी साधनका चालकहरू कारबाही गरिएको  ​जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलबासेले बताए । उनले भने,  सवारी दुर्घटना न्यूनीकरण तथा व्यवस्थित यातायात सञ्चालनका लागि कडाइ गर्दा नियम विपरीत चल्ने सवारी साधनलाई कारबाही गरिएको हो।"

​गत आर्थिक वर्ष २०८२/०८३ मा कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी दुई हजार ३३७ मोटरसाइकल रहेका छन्। यस्तै एक हजार ७०३ ट्रक, एक हजार १४२ जीप, कार र भेन, ५११ ट्याक्टर, ३४७ बस तथा अन्य ६२७ सवारीसाधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

​प्रहरीको तथ्याङ्क अनुसार अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्यामा कमी आएको छ।  आर्थिक वर्ष २०८१/०८२ मा १२ हजार २४५ र 
आर्थिक वर्ष २०८०/०८१ मा १८ हजार ८१ सवारी साधन कारबाहीमा परेका थिए।

ट्राफिक नियम पालना गराउने उद्देश्यले जिल्लाका विभिन्न सडक खण्डमा नियमित तथा छड्के चेकजाँचलाई निरन्तरता दिइएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। चेकजाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालक तथा सवारीसाधनलाई आवश्यक कारबाही गर्नुका साथै सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी सचेतना मूलक कार्यक्रम  समेत ट्राफिक प्रहरीले गर्दै आएको छ ।