रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट सिर्जित विपतको कारण हालसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा २७९, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १६८ छन्।
सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ६३९ जना, रसुवाका ८६५ जना र नुवाकोटका १ हजार ५५८ जना रहेका छन्।
त्यस्तै, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
यसैगरी, ५९२ जना विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना समेत सम्पर्कविहीनको सूचीमा छन्।