सरकारले तोकेका केन्द्रबाट आइतबार उपत्यकामा ९ हजार ग्यास सिलिन्डर बिक्री

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण
सरकारले तोकेका केन्द्रबाट आइतबार उपत्यकामा ९ हजार ग्यास सिलिन्डर बिक्री

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा सञ्चालित सात बिक्री केन्द्रसहित ९ स्थानबाट आइतबार काठमाडौं उपत्यकामा कुल ९ हजार २२६ थान ग्यास सिलिन्डर बिक्री भएको छ।

आयल निगमको टेकुस्थित पुरानो कार्यालयबाट २ हजार २५०, बुढानीलकण्ठस्थित पशु सेवा शाखा (चपली)बाट ५७०, कीर्तिपुरको राधास्वामीपरिसरबाट ५७०, न्युरोडको जुडो हलपरिसरबाट सात सय, तारकेश्वर नगरपालिका कार्यालयबाट ४८०, चन्द्रागिरि नगरपालिका कार्यालयबाट ८५०, ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट एक हजार ९०४ र बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ३५ थान ग्यास सिलिन्डर बिक्री भएको छ। 

यसरी सात बिक्री केन्द्रबाट सात हजार ८३९ थान ग्यास बिक्री भएको निगमले जनाएको छ। यसबाहेक बालाजुस्थित नेपाल ग्यास उद्योगपरिसरबाट १ हजार र जडीबुटीस्थित एसटिसी ग्यास बिक्री केन्द्रबाट ३८७ थान ग्यास बिक्री भएको आयल निगमले जनाएको छ।

सोमबारबाट भने नियमित रूपमा डिलरहरूबाटै ग्यास बिक्री हुने निगमले जनाएको छ। शनिबार र आइतबार सार्वजनिक बिदाको दिन पारेर अत्यावश्यक भएका लक्षित गरी सरकारको समन्वयमा उपत्यकाको निश्चित बिक्री केन्द्रबाट ग्यास वितरण भएको थियो। यसका अलवा डिलरहरूमा पनि नियमित रूपले ग्यास पठाइएको थियो।

सुझावित समाचार