११५ जनालाई ठगेको आरोपमा कन्सल्टेन्सीका सिइओ पक्राउ

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

जापान पठाउने भन्दै दुई करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरीले ११५ जनालाई ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) २९ वर्षीय प्रतीक बुढाथोकीलाई पक्राउ गरेको हो।

ललितपुरको महालक्ष्मी नगरपालिका– ७. चाँगाथलीका बुढाथोकी वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ परेका हुन्।

उनीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार