पासपोर्ट छपाइमा अनियमितता: राहदानी विभागका महानिर्देशक र निर्देशकलाई थुनामा राख्न अनुमति

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

पासपोर्ट छपाइको अनियमितता आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक (सूचना प्रविधि)सुनीलकुमार केसी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विशेष अदालतमा उपस्थित गराएको छ। विशेष अदालतले उनीहरूलाई चार दिन थुनामा राख्न म्याद दिएको छ। अख्तियारले २० दिन म्याद माग गरेकामा सोमबारदेखि लागू हुने गरी ४ दिन म्याद दिएको विशेषका प्रवक्ता कृष्णशरण लामिछानेले बताए। 

६४ लाख पासपोर्ट छपाइको ठेक्का मिलेमतोका आधारमा जर्मन कम्पनीलाई दिएको उजुरीमा आयोगले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। नयाँ कम्पनीले समयमा पासपोर्ट छाप्नसमेत सकेको छैन । यसमा ठेकदारहरूमाथि पनि आयोगले छानबिन थालेको छ। 

केपी शर्मा ओली नेतृत्वको सरकारले गत साउनमा दुई कम्पनीलाई पासपोर्ट छपाइको ठेक्का दिएको छ। सार्वजनिक खरिद नियमावली मिचिएपछि सो खरिद निकै विवादित बनेको थियो। 

सुझावित समाचार