नेप्से ८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

नेप्सेमा आज  बिहीबार गिरावट आएको छ । अघिल्लो दिन जम्मा २.५७ अंक बढेको बजार आज घटेको हो । नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर रोकिएको छ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९० करोडको भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने १३ को स्थिर रह्यो ।

फाइनान्स समूह सबैभन्दा १.४५ प्रतिशत घट्यो । व्यापार १.२३, बैंकिङ ०.२५, विकास बैंक ०.५१, हाइड्रोपावर ०.१८, लगानी ०.२२, जीवन बिमा ०.२१, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बिमा ०.१७ र अन्य ०.९१ प्रतिशत घटे । होटेल तथा पर्यटन ०.४७ र उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत बढे ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । त्यस्तै, बोटलर्स नेपाल बालाजुको ८.३३, अपर लोहोरेखोलाको ६.०७ तथा पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशत मूल्य बढ्यो ।

आज धेरै कारोबार भएकामा कम्पनीमा सिटी होटेल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।

सुझावित समाचार