अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति चाहिन्छ : सांसद शाही

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति चाहिन्छ : सांसद शाही

फाइल तस्बिर

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेर गर्ने सूचना चुहावट भएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा शाहीले अर्थमन्त्री र अर्थमन्त्रीले स्वीकृत गरेका व्यक्तिबाहेक अरूलाई यस विषयमा थाहा नहुने उल्लेख गर्दै भने, ‘सूचना लिक भएर ७५३ वटा गाडी नाकाबाट भित्रिन्छन्। १४ गते भन्सार पास गरिन्छ, २० गते गाडी आउँछन्। अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर के हो ? यो चुहावटचाहिँ कसले गर्याे ? अनि सरकारले छानबिन समिति बनाउँछ बडो गजबको। आफैँ छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ।’ 

करका दर हेरफेर गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै शाहीले कसको इसारामा सूचना चुहावट  भयो भन्ने अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताए।

पहिले पनि गलत गर्ने मन्त्रीले नै छानबिन समिति बनाएर आफैँलाई निर्दोष साबित गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘जनता वाक्क भएर नै विगतका घटनाहरू भएका हुन्। तपाईंहरू ध्यानमा राख्नुस्, देशका बहालवाला मन्त्री र देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालयले होइन, संसदीय छानबिन समिति चाहिन्छ। त्यसबाट छानबिन गर्नुपर्छ हामीले। किनभने यो सामान्य कुरा होइन।’

सुझावित समाचार